प्रेमिकाले धोका दिएको भन्दै मल्लेसियामा आत्महत्या गरेका भुजेलका परिवारलाई नेपालीहरुबाट आर्थिक सहयोग जुटायो

रामप्रसाद ढुंगेल
युएई, असार १८ – प्रेमिकाले धोका दिएको भन्दै मलेसियामा आत्महत्या गरेका सिन्धुदी, दुधौली नगरपालिका–४ का सन्तोस भुजेलको परिवारलाई युएई, कतार र साउदी अरबमा रहेका साथीभाईहरुले 
८० हजार रुपैयाँ सहयोग गरेका छन् ।यूएईमा रहेका उनका छिमेकी कृष्ण भट्टराईले आफ्नै एरियामा रहेका नेपालीहरुबाट १ सय यूएई दिरामका दरले संकलन गरी ३५ हजार रुपैयाँ भुजेल परिवार समक्ष पठाएको जानकारी दिएका छन् ।साथै साउदी अरबबाट गोविन्द पौडेलको नेतृत्वमा पनि २० हजारभन्दा बढी सहयोग जुटेको जानकारी भट्टराईले दिएका छन् । त्यसरी नै मलेसियाबाट २५ हजार सहयोग आएको जानकारी भुजेल परिवारले दिएको छ ।काठमाडौंमा रहेकी रबिना (नाम परिवर्तन) नामकी प्रेमिकासँग लामो समयदेखिको प्रेमसम्बन्धमा खटपट उत्पन्न भएपछि भुजेलले गत महिना आत्महत्या गरेका थिए । आत्महत्यापछि प्राप्त सुसाइड नोटमा क्याम्पमा रहेका सुदिप र रमेश नामका दुई व्यक्तिलाई दाइको सम्बोधन गर्दै माया भन्ने चिज यस्तै हुँदो रहेछ, कसैलाई मायाले बचाउने त कसैलाई मायाले मार्दो रहेछ भन्दै उनको मायाले आफूलाई मृत्युको नजिक पुर्याएको उल्लेख गरेका थिए ।यो जुनीमा त उनको हुन सकिन, अर्को जुनीमा उनको भएर आउनेछु भनी सन्तोसले सुसाइड नोटमा लेखेका थिए, ‘आज म कसैको मायामा पागल भएर टाढा जाँदैछु ।’
सन्तोष मलेसियाको जोहरबारुस्थित एक कम्पनीमा मजदुरका रुपमा काम गर्थे । कमाइ गर्ने छोराको आत्महत्याको कारण निम्न वर्गीय भुजेल परिवारको मानसिक र आर्थिक समस्या उत्पन्न भएपछि सहयोग अभियान चलाएको भएको भट्टराईले बताए ।दुई वर्षअघि मलेसिया गएका भुजेल परिवारका कान्छा छोरा अत्यन्तै इमानदार, सोझा र रहेको युएईमा रहेका भट्टराईले बताए ।परिवारको गर्जो टार्ने छोराको आत्महत्याको खबरले परिवारमा पर्न गएको विपत्तिमा थोरै भए पनि राहत पुग्ने विश्वास सहयोगी भट्टराईले लिएका छन् ।
हाल यूएईको एक सेक्युरिटी कम्पनीमा सेक्युरिटी अफिसरका रुपमा कार्यरत भट्टराई गाउँसमाजमा आइपरेका परेका समस्यालाई परदेशबाट सक्दो सहयोग गर्नु आफ्नो कर्तव्य रहेको बताउँछन् ।

No comments:

| Copyright © 2013 super khabar