३१ असार, काठमाडौ । विदेशको स्थायी अनुमतिपत्र (पीआर), डीभी, ग्रीनकार्ड लिएका एक हजारभन्दा बढी कर्मचारीले राजिनामा दिएका छन् ।बर्खास्त गर्ने कानून ल्याउने तयारीकै बेला उनीहरुले राजिनामा दिएको सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बताएको नयाँ पत्रिकामा खबर छ ।डीभी-पीआर लिएकालाई बर्खास्त गर्ने प्रावधानसहितको कानूनी ब्यवस्था ल्याएपछि पेन्सनसमेत खोसिन सक्ने भयले ती कर्मचारीले राजिनामा दिएको मन्त्री पण्डितले बताए । उनले भने, ‘डीभी, पीआर भएका सयौं कर्मचारीले घरायसी, पारिवारिक तथा स्वास्थ्यसम्बन्धी समस्या देखाएर राजिनामा दिएको पाइएका छ ।’सामान्य शासन मन्त्रालयको अध्ययनअनुसार डीभी, पीआर लिएका कर्मचारीको संख्या एक हजार दुईसयदेखि एक हजा पाँचसय सम्म छ । निजामति सेवा ऐनको चौथो संसोधनमा डीभी पीआर भएका कर्मचारीलाई बर्खास्त गर्ने प्रावधान छ ।
तर, ऐनअनुसार कर्मचारीलाई जागिर वा डीभी, पीआर कुन त्याग्ने भन्ने भन्ने निर्णय गर्न ६० दिनको समय दिइएको छ । कानून बनेपछि तत्काल बर्खास्तमा पर्ने र पेन्सन लगायतका सुविधा पनि खोसिने भयले धेरै कर्मचारीले यसअघि नै राजिनामा दिएको मन्त्रालयले जनाएको छ ।
सउल । कोरियामा एक नेपाली कामदारको मृत्यु भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) बाट रोजगारीको शिलशिलामा कोरिया गएका कास्कीको लेखनाथ नगरपालिका-१२ घर भएका ३५ वर्षीय भूमेश्वर गुरुङको मृत्यु भएको हो राती एक्कासी स्वास्थ्यमा समस्या भएपछि अस्पताल पुर्याइएका गुरुङको आइतबार बिहान ५ बजे मृत्यु भएको कोरियामा सँगै बस्ने साथीहरुले जानकारी दिए ।गुरुङले एक हप्ताअघिदेखि आनसानमा रहेको गाडीको पार्टपुर्जा बनाउने कम्पनीमा काम थालेका थिए ।शनिवार घुम्न गएर सकुशल घर फर्किएका उनलाई श्वासप्रश्वासमा समस्या भएपछि राती नै अस्पताल पुर्याएको थियो । गुरुङको श्रीमती, एक छोरा र एक छोरी रहेको रहेको बताइएको छ ।खाडी मुलुकहरुमा भने अत्याधिक गर्मीको कारण तापमान नमिलेर कयौं नेपालीहरु आफू सुतेकै स्थानमा मृत भेटिन्छन् ।यसैबीच, कोरियामा दुर्घटनामा परी निधन भएका  अबैधानिक नेपाली कामदारको शब नेपाल पठाउन समस्या भएपछि यहाँ कार्यरत नेपाली संघसस्थाले सहयोग अभियान सुरु गरेका छन् । शब पठाउन झण्डै नेपाली १० लाख रुपैयाँ लाग्ने गर्छ 
बैदेशिक रोजगारीका सिलसिलामा साउदीअरब पुगेका एक नेपालीलाई मृत्युदण्डको सजायँ सुनाइएको छ । पाकिस्तानी नागरिकको हत्या अभियोगमा धनुषा जिल्लाका उमेश यादवलाई त्यहाँका स्थानीय अदालतले मृत्युदण्डको सजायँ सुनाएको समाचारमा जनाइएको छ । उनको टाउको काटेर २४ घन्टा झुन्डाउने अदालको आदेश छ । जून फैसला गरेको चार वर्ष भइसक्यो । जुनसुकै बेला कार्यान्वयन हुनसक्छ । तर, हत्याको अभियोग लागेका उमेशलाई बचाउन नेपाली र पाकिस्तानी दूतावासले पीडित परिवारसँग सहमतिको प्रयास गरिरहेका छन् । त्यही कारण फैसला कार्यान्वयन अहिलेसम्म रोकिएको छ ।
यसले उनलाई बाँच्ने आश पनि जगाएको छ । ‘सजाय कार्यान्वयन भइहाल्छ कि भन्ने डर छ,’ राजदूत उदयराज पाण्डे भन्छन् ,‘पीडित परिवार सहमतिमा आउन मानेका छैनन् । हत्या अभियोगमा मृत्युदण्डको सजाय पाएका नेपालीहरु थुप्रै छन् । केङु–९, पर्वतका शान्तबहादुर पुन हत्या अभियोगमा १४ वर्षदेखि जेलजीवन बिताइरहेका छन् । उनी साउदीको जोर्डनसँग सीमा जोडिएको गुरियता जेलमा छन् । बाख्रा गोठको रखबारी गर्ने उनले चोर्न भनेर आएका साउदी नागरिक उदा आएद होमद अल सरारीको हत्या गरेका थिए ।
अदालतले उनलाई त्यतिखेरै मृत्युदण्डको सजाय सुनाएको थियो ।तर, सरारीका कान्छा छोरा १८ वर्ष पुगेपछि उनको राय लिएर मात्रै सजाय कार्यान्वयन गर्ने आदेश थियो । पीडितपक्षबीच कुरा नमिलेपछि सजाय कार्यान्वयन हुन सकेको छैन ।जेठो छोरा माफी दिने पक्षमा छन्, कान्छा छोरा र काका भने मृत्युदण्ड दिनुपर्ने पक्षमा छन’, राजदूत पाण्डेले भने,‘यो मुद्दा हेर्न स्थानीय नेपालीलाई जिम्मा दिएका छौं । सम्भवतः आममाफीमा जान्छ होला ।’ एजेन्सी

आगामी वर्ष छ सय जना प्रशिक्षार्थीलाई अवसर दिइने : इजरायलका राजदूत
 काठमाडौँ, असार २६ – इजरायलले नेपाली श्रमिकलाई उच्च प्राथमिकतामा राखेको स्पष्ट गर्दै कृषि कामदार, परिचारक र प्रशिक्षार्थीलाई पर्याप्त अवसर दिने बताएको छ ।
साथै उक्त मुलुकले नेपाल सरकारसँग सरकारीस्तरमा नै सम्झौता गरेर नेपालीलाई पुनः काम दिने जनाउँदै चाँडै नेपाली कामदार लिने प्रक्रिया टुङ्ग्याउने बताएको छ । करिब नौ वर्षदेखि इजरायलले नेपाली कामदार लिन छाडेको छ ।नेपाल–इजरायल कूटनीतिक सम्बन्ध स्थापनाको ५५ औँ वर्ष प्रवेशको अवसर पारेर नेपालका लागि इजरायलका राजदूत यारोन मेयरले सङ्क्षिप्त कुरा गर्दै लगनशील, कामप्रति निष्ठावान नेपाली कामदारलाई पर्याप्त अवसर दिइने बताए ।“नेपाली कामदार लिने प्रक्रिया टुङ्ग्याउन इजराय र नेपाल सरकारका सम्बद्ध निकायबीच निकट सम्पर्कमा रहेर सहकार्य भइरहेको छ, त्यो चाँडै पूरा हुनेमा म आशावादी छु,”– श्रमिक निर्यातका विगतका कटु अनुभव दोहोरिन नदिन दुवै देशका सरकारले आपसी सम्झौता गरेर अघि बढ्ने निर्णय भएको सुनाउँदै उनले भने ।
घरेलु कामदार, परिचारक/सुसारेलाई चयन गरी व्यावसायिक एवम् प्राविधिक तालिम दिएर परीक्षणका रुपमा इजरायल पठाउने योजनामा दुवै देशका सरकार रहेका जानकारी दिँदै उनले कामदार चयन पारदर्शी ढङ्गले गरिने स्पष्ट गरे ।
साना किसान बैंकसँगको सहकार्यमा मासिक एक लाख २५ हजार तलब पाउने गरी १० महिने कृषि तालिमअन्तर्गत गत वर्ष दुई सय, यो वर्ष पाँच सय जना विद्यार्थी इजरायल गइसकेका जानकारी दिँदै राजदूत मेयरले आगामी वर्ष छ सय जना प्रशिक्षार्थीलाई अवसर दिइने घोषणा पनि गरे ।
इजरायलको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (मसाभ)ले नेपालको मानव संसाधन विकास, चिकित्साशास्त्र,कृषि, स्वास्थ्य, नवीकरणीय ऊर्जा, वातावरण संरक्षण, सरसफाइलगायत पारस्परिक चासोका धेरै क्षेत्रमा ज्ञान, सीप र प्रविधि आदान प्रदानमा केन्द्रित रहेर आफ्नो देशले नेपाललाई सघाइरहेको बताउँदै उनले भूकम्पपछिका यावत चुनौती समाधान गर्न नेपाललाई थप सहायताको आवश्यकता परेकाले सक्दो सहयोग गर्न इजरायल पछि नपर्ने प्रतिबद्धता व्यक्त गरे ।
“भूकम्पले सिर्जना गरेका चुनौतीलाई शक्ति, सामथ्र्य र अवसरमा रुपान्तरण गर्न सकिन्छ, मित्र मुलुकका नाताले समस्यामा परेको नेपाललाई हरसंभव सहयोग गरिरहन्छौ,”– उनले भने ।
कृषि क्षेत्रमा भएको क्षतिबाट उठ्न नेपाललाई प्रविधि र सीपको खाँचो छ भन्दै उनले कृषि प्रविधि केन्द्र स्थापना, पुनः निर्माणमा इजरायली प्रविधि र विज्ञको सहयोग, मत्स्यपालनजस्ता जलप्रविधिमा आधारित कृषिको विकास, ऐतिहासिक एवम् पुरातात्विक महत्वका सम्पदाको संरक्षणमा इजरायलले सहयोग गर्ने तयारी गरेको जानकारी पनि उनले दिए ।एक प्रश्नको जवाफमा राजदूत मेयरले नेपाल र नेपालीलाई धेरे क्षेत्रमा ठूलो सहयोगको आवश्यकता रहेको, हजारौँ गाउँ भूकम्पबाट नराम्ररी प्रभावित भएकाले अति प्रभावित ग्रामीण क्षेत्रमा गएर इजरायले नेपाल सरकारसँग मिलेर कृषि, सिँचाइ, पानी प्रविधिको क्षेत्रमा भूकम्पपीडितलाई सघाउने बताए । इजरायलमा कृषि तालिम लिएर फर्केकालाई उक्त काममा समावेग गर्ने सोचाइ पनि रहेको उनले बताए । 
ग्रामीण क्षेत्रलाई लक्ष्यित गरेर सञ्चालन गरिने काममा इजरायलका तालिमेलाई समावेश गर्दा सहायता परियोजनाको प्रभावकारिता बढ्नेछ,उनले भने 

वसन्त रानाभाट
बार्सिलोना/
घरेलु कामका लागि साईप्रस आएकी एक ४० बर्षिय नेपाली महिलाले आँफू माथि एसिड प्रहार भएको खुलासा गरेकी छन्। देवदह -४ रुपन्देही स्थायी घर बताउँने सीता भट्टराईले एसिड प्रहार भएको २५ दिन पछि मात्र यस्तो खुलासा गरेकी हुन्।आँफूले काम गर्दै आएको घरका मालिक ५९ बर्षिय सिमोसले ( थर थाहा नभएको) जानाजान धकेलेर एसिड छ्यापेको उनले दाबी गरेकी छन्। भट्टराईको दाहिने घुँडा वरिपरीको भागमा एसिड परेको छ। मानसिक याताना दिदै आएको घर मालिकले शारीरिक याताना दिन खोज्दा आँफुले प्रतिकार गर्दै आउँने गरेको र यसकै रिसमा आँफुलाई एसिड हानेको उनि बताउँछिन्।
साईप्रस स्थित नेपालीहरुले घटना बारे स्थानीय प्रहरीमा उजुरी गरेका छन् भने उनको पापोस स्थित अस्पतालमा अहिले पनि उपाचार भई रहेको छ। प्रहरीले आँफुलाई सहयोग गरिरहेको र औषधी उपाचार गराएको बताएकी छन्।
उनलाई साईप्रस स्थित नेपालीहरु लक्ष्मी पाठक,याङ्की ह्याल्मो लगायतले सहयोग गरिरहेका छन्। पिडित भट्टराईले २५ मिनेट लामो अडियो अन्तरबार्ता गर्दै, नेपालीनेपाली डटकम सँग  रुदै आफ्नो सबै वृत्तान्त सुनाएकी छन्।
श्रीमान् रोजगारकै शिलशिलामा बिगत ७ बर्ष देखि मलेसिया रहेको र आफ्ना कलेज पढ्ने दुई १८ र २० बर्ष उमेरका छोराछोरीहरु रहेको उनि बताउँछिन्। घटना पछि उनि परिबार सँगको सम्पर्कमा नै छन् ।
कसरी आईपुगिन् साईप्रस ?
नेपालमा बिनाशकारी भूकम्प जानुभन्दा ६ दिन अगाडि बैशाख ६ गते उनि साईप्रसको कोरल्बे आएकी हुन्। काठमाडौ एयरपोर्ट नजिकै निलकमल म्यानपावरबाट ( पुरा नाम बताउँन नसकेकी )बिरामीको हेरचार गर्ने काम भन्दै आएको भट्टराईले सुनाईन्।
 एसिड आक्रमण पछि पिडितको दाईने खुट्टासाइप्रस आउँनको लागि उनले ४ लाख २७ हजार रुपैयाँ म्यानपावरमा बुझाएको अन्तर्वार्तामा बताएकी छन्। पिडितले भनिन्,”युरोप हो काम गर्दा सुरक्षित हुन्छ भन्ने सुनेकी थिएँ,म्यानपावरले ६०- ७० कमाउँन सकिन्छ भन्यो त्यसैले आएँ। बिरामी होला,मेडिसिन दिनु पर्ने काम होला,काम गर्ने परिबार सँग होला भन्ने सोचेकी थिएँ तर त्यस्तो रहेनछ।”
२ महिना सम्म एक रात सुतिनघरबाट बाहिर निस्कन,छरछिमेकसँग कुरा गर्न पनि नदिने घर मालिकले उनलाई मानसिक याताना दिदै आएको सुनाउँछिन्। “दुई महिना मलाई दुई सय बर्ष जस्तो लाग्यो,कुनै रात सुतिन।रिमोर्ट कन्ट्रोल वला घरको गेट थियो, बाहिर भागेर जान सक्ने थिईन्,कन्ट्रोल उसले आफ्नै हातमा लिन्थ्यो। म रोएर उसलाई मोबाईलमा ईन्टरनेट जोड्न अनुरोध गरे। पछि आफ्नै साथीको मोबाईल पसलबाट जोडीदियो, मैले आफ्नै पैसामा किने।घरमा छोराछोरीहरु सँग कुराकानी गरे पटक पटक उनीहरु म्यानपावर पनि पुगे तर पनि घर फर्कन सकिन।”एसिड खुट्टामा कसरी पर्यो पिडितको बयान“दुर्ब्यबारको प्रयास गर्थ्यो तर आँफूले प्रतिकार गर्थे, एसिड प्रहारको अघिल्लो दिन पनि यस्तै कोशिस गर्यो। घरबाट निस्केर जा भन्दै थियो , हिसाब गर म जान्छु भने। शनिबार दिन थियो,भोलि आईतबार, ल पर्सी जा भन्दै थियो मलाई। बिहान उठे म आफ्नो काम गरे,त्यो बाहिर गाथ्यो, आयो। मैले बराण्डामा पोचा लगाउँदै थिए। १० लिटरको ग्यालिन थियो ,ल खोल भन्यो मैले सोचे यो गार्डेनमा हाल्ने बिषादी होला। तर खोल्न सकिन ,मलाई भनेन यसमा एसिड छ। त्यसले खोल्यो,खोल्ने बित्तिकै मेरो खुट्टामा पारिदियो।खुट्टा सबै पोल्न थाल्यो लाएको पुरै लुगा डढ्यो। त्यस पछि मलाई थाहा भयो कि यो एसिड हो भन्ने। एसिड खोल्दा खोल्दै मेरो खुट्टामा आएको हैन। त्यसले मलाई धक्का दिएको हो। उ आफैले कबल गरिसक्यो। त्यस पछि रुदा रुदै कपडा चेन्ज गर्न, खै कसरी म एक तला माथिको रुममा पुगेछु। बाथरुममा गए पुरै पानीले पखाले,अर्को कपडा लगाएँ। साईटको मान्छेलाई बोलायो,मलाई माथिवाट तल ल्यायो, अनि गाडी चलाएर आँफैले हस्पिटल लग्यो।”

२३ असार, काठमाडौं ।
संयुक्त अरब एमिरेट्समा शुन्य लागत बाहेकका नयाँ नेपाली कामदार मागपत्र स्वीकृत नहुने भएको छ। नेपाल सरकारले वैदेशिक रोजगारमा जाने नेपालीलाई शुन्य लागत खर्चमा मात्र युएई सहित खाडीका ६ देश र मलेसियामा लैजानुपर्ने निर्णय लागु गरेपछि यूएइस्थित नेपाली दुतावासले यस्तो निर्णय लागु गरेको हो ।
सरकारले शुन्य लागत बाहेकका अन्य कामदार मागपत्र आएमा स्वीकृत नगर्नु भनेकाले दूतावासले निर्णय कार्यान्वयन गरेको दुतावासको भनाइ छ। निर्णय लागु भएसँगै कम्पनीहरुले म्यानपावर एजेन्सीलाई कामदार ल्याए बापतको सेवा शुल्क सहित फ्री भिसा र फ्री हवाइ टिकट उपलब्ध गराए मात्र शुन्य लागतमा कामदार युएई जान सक्नेछन् ।यदी कुनै कम्पनीले कामदारको भिसा र हवाइ टिकट निशुल्क दिएर कामदार ल्याए बापतको सेवा शुल्क नदिए म्यानपावर व्यावसायीले वैदेशिक रोजगारमा आउने कामदारबाट १० हजारदेखी बढीमा २० हजार नेपाली रुपैयाँ मात्र लिन पाउने निर्णय सरकारले गरेको छ। बैदेसिक रोजगार ब्याबसायी भने सरकारी निर्णयको बिरोधमा आन्दोलित भएका छन् ।उनीहरुले प्रधानमन्त्री शुसील कोइरालालाई भेटी तत्काल निर्णय सच्याउन समेत ध्यानाकर्षण गराएका छन् । त्यसैगरि देशभरका म्यानपावर कम्पनीहरु आन्दोलीत हुदै अनिस्चिकालकालागी म्यानपावर कम्पनी बन्द गरेकाछन् ।source:npheadlines 
मलेसियामा एक नेपालीमाथि सांघातिक आक्रमण भएको छ। मलेसियाको जोहोरबारू राज्य स्थित एस डब्लु एम कम्पनीमा कार्यरत जनकपुर धामका ३५ बर्षिय बिहारी महतोलाई डाँकाको समूहले आक्रमण गरेको हो।
हिजो बिहान डियुटी जाँदै गर्दा डाँकाको समूहले उनीमाथि खुकुरी प्रहार गरेको थियो। मोटरसाइकलमा आएका डाँकाले महतोलाई खुकुरी हानेर उनिसँग भएको सामसुङ मोबाइल र ३ सय रिङ्गेट पैसा समेत लुटेर लगेको उनका साथी देवराज तिमिल्सिनाले जानकारी दिएका छन्।डाँकाको आक्रमणमा परी महोतोको अनुहारमा गहिरो चोट लागेको छ। घाइते महतोको अहिले सुल्तान हस्पिटलमा उपचार भैरहेको छ।
उनको चिउडोदेखि कानसम्म ९ ईन्च लामो भागमा गहिरो चोट छ। खुकुरीले काटिएको भागमा एक सय बढी टाँका लगाइएको छ। उनको अवस्था गम्भीर छ।आक्रमणका बारेमा महतो कार्यरत कम्पनीले प्रहरीलाई खबर गरेको सोही कम्पनीमा कार्यरत देवराज तिमिल्सिनाले जानकारी दिएका छन्
रामप्रसाद ढुंगेल
युएई, असार १८ – प्रेमिकाले धोका दिएको भन्दै मलेसियामा आत्महत्या गरेका सिन्धुदी, दुधौली नगरपालिका–४ का सन्तोस भुजेलको परिवारलाई युएई, कतार र साउदी अरबमा रहेका साथीभाईहरुले 
८० हजार रुपैयाँ सहयोग गरेका छन् ।यूएईमा रहेका उनका छिमेकी कृष्ण भट्टराईले आफ्नै एरियामा रहेका नेपालीहरुबाट १ सय यूएई दिरामका दरले संकलन गरी ३५ हजार रुपैयाँ भुजेल परिवार समक्ष पठाएको जानकारी दिएका छन् ।साथै साउदी अरबबाट गोविन्द पौडेलको नेतृत्वमा पनि २० हजारभन्दा बढी सहयोग जुटेको जानकारी भट्टराईले दिएका छन् । त्यसरी नै मलेसियाबाट २५ हजार सहयोग आएको जानकारी भुजेल परिवारले दिएको छ ।काठमाडौंमा रहेकी रबिना (नाम परिवर्तन) नामकी प्रेमिकासँग लामो समयदेखिको प्रेमसम्बन्धमा खटपट उत्पन्न भएपछि भुजेलले गत महिना आत्महत्या गरेका थिए । आत्महत्यापछि प्राप्त सुसाइड नोटमा क्याम्पमा रहेका सुदिप र रमेश नामका दुई व्यक्तिलाई दाइको सम्बोधन गर्दै माया भन्ने चिज यस्तै हुँदो रहेछ, कसैलाई मायाले बचाउने त कसैलाई मायाले मार्दो रहेछ भन्दै उनको मायाले आफूलाई मृत्युको नजिक पुर्याएको उल्लेख गरेका थिए ।यो जुनीमा त उनको हुन सकिन, अर्को जुनीमा उनको भएर आउनेछु भनी सन्तोसले सुसाइड नोटमा लेखेका थिए, ‘आज म कसैको मायामा पागल भएर टाढा जाँदैछु ।’
सन्तोष मलेसियाको जोहरबारुस्थित एक कम्पनीमा मजदुरका रुपमा काम गर्थे । कमाइ गर्ने छोराको आत्महत्याको कारण निम्न वर्गीय भुजेल परिवारको मानसिक र आर्थिक समस्या उत्पन्न भएपछि सहयोग अभियान चलाएको भएको भट्टराईले बताए ।दुई वर्षअघि मलेसिया गएका भुजेल परिवारका कान्छा छोरा अत्यन्तै इमानदार, सोझा र रहेको युएईमा रहेका भट्टराईले बताए ।परिवारको गर्जो टार्ने छोराको आत्महत्याको खबरले परिवारमा पर्न गएको विपत्तिमा थोरै भए पनि राहत पुग्ने विश्वास सहयोगी भट्टराईले लिएका छन् ।
हाल यूएईको एक सेक्युरिटी कम्पनीमा सेक्युरिटी अफिसरका रुपमा कार्यरत भट्टराई गाउँसमाजमा आइपरेका परेका समस्यालाई परदेशबाट सक्दो सहयोग गर्नु आफ्नो कर्तव्य रहेको बताउँछन् ।

मासिक तलब : १ हजार पाँच सय ५० रिङ्गेट
दलालमार्फत मलेसियामा कामका लागि आएको यस्तो प्रस्तावमा सतवरिया–९ जलकुण्डीका इन्द्र खड्काले निकै लाभ देखे। मलेसिया पुगेर फर्कनेहरुले धेरै कमाइ गरेको देखेका र सुनेका थिए पनि। आफूले पनि कसो नकमाइएला? धेरै कमाउने यही सपना बोकेर उनी १२ जेठको २ बजे मलेसिया उडे।
कल्पनामा मलेसिया अनि सुन्दर भविष्य घुमिरहेको थियो। स्थानीय समयअनुसार राति ९ बजे उनी मलेसिया ओर्लिए। त्यतिखेर कल्पनाभन्दा धेरै फरक अनुभूति भयो। मलेसिया ओर्लिएलगत्तै उनले नेपाल फर्कनेसम्मको योजना बुन्न थाले। एयरपोर्टमै यातना खेप्नुपरेको सुनाउँदै उनले आइतबार नागरिकसँग टेलिफोनमा भने, 'एयरपोर्ट झरेपछि बेकार आइएछ भन्ने लाग्यो, सबै उत्साह खत्तम भइसकेको थियो।'
विमानस्थलमा श्रम सम्झौता भएको कम्पनीबाट उनलाई लिन कोही आएका थिएनन्। कम्पनीका प्रतिनिधि नभएपछि उनलाई प्रहरीले ठूलो हलभित्र छिरायो। उनी त्यहाँ प्रवेश गरेपछि झनै भावविह्वल बने। 'कति हो कति नेपाली भुइँमै पल्टिरहेका थिए,' उनले सम्झे, 'कति त खानै नपाएर भोकले लखतरान परेका देखिन्थे।'
मध्यरातसम्म आफूलाईलिन कोही नआएपछि उनी पनि अरु नेपालीसँगै भोकै चिसो भुइँमा सुते। आफूले लगेको झोला सिरानी हाले। तर रातभर निद्रै परेन। ओल्टोकोल्टो गरिरहे। 'पिउने पानीसमेत नपाइने रैछ,' उनले भने, 'नेपालीलाई त यहाँका पुलिसले पशुभन्दा पनि तल्लो व्यवहार गर्दारैछन्।'
ट्वाइलेट बाहिर थियो, ट्वाइलेट जाँदा पासपोर्ट बुझाउनुपर्थ्यो,' खड्काले भने, 'पाँच मिनेटभन्दा ढिलो गरेपछि हान्नै खोज्थे।' शौचालय पनि एक पटकमा दुई जनालाई मात्र जान दिन्थ्यो।'
आफू बसेकै हलको साइडमा सिसैसिसाको अर्को हल। त्यो हलभित्र पनि थुप्रै नेपाली टिठलाग्दो अवस्थामा देखिन्थे। इन्द्रले थाहा पाए– तीन दिनसम्म कम्पनीका प्रतिनिधि लिन नआए त्यही हलमा हुलिँदोरैछ।' प्रहरीले तीन दिन कम्पनीका प्रतिनिधि लिन नआएका नेपालीको फोन, पर्स, झोला सबै खोसेर त्यही हलमा थुन्दोरहेछ। बाहिर निस्कनै नपाइने। कम्पनीसँग कुनै सम्पर्क नभएपछि प्रहरीका लागि अवैध बराबर भइने रहेछ। उक्त हलभित्र धेरै नेपाली महिलाले समेत कष्ट काटिरहेको उनले बताए।
अर्को दिन बिहान 'आज त लिन कसो नआउलान्' भन्ने लाग्यो। अर्को दिन दिउँसोसम्म पनि कोही सम्पर्कमा नआएपछि उनले दलालले दिएको कम्पनी मालिकको नम्बरमा फोन लगाए।
नेपालबाट कुनै सम्पर्कै नगरेर पठाइदिएछन्,' उनले भने, 'मलाई पठाएको भनेर बोसले थाहै पाएको रहेनछ।' सोही जानकारीका आधारमा कम्पनीबाट प्रतिनिधि आएर अर्को दिन दिउँसो २ बजे उनलाई निकालेका थिए। 'बल्ल बाँचियो जस्तो लागेको थियो,' उनले भने। एयरपोर्टबाट मुक्ति पाएर खड्का श्रम सम्झौता भएको कम्पनी सेपाङस्थित 'इवानी सेपाङ गोल्डकप रिसोर्ट' पुगे।

काठमाडौं, असार ६ – पूर्व यूवराज पारस साह विवाहित हुन्न् भन्ने आफूलाई थाहा नभएको पारसको थाई प्रेमिका कन्निका चाइयर्सनले बताएकी छन् ।आफूलाई पारसबारे मात्रै थाहा भएको र नेपालीहरुसँग पनि चिनजान नभएकाले उनी विवाहित हुन् भन्नेसमेत आफूलाई थाहा नभएको उनको दाबी छ ।
केहि पहिलेमात्रै पारस आफ्नो श्रीमान भएको भन्दै फेसबुक मा लेख्ने चाइयर्सनले अहिले सबै कुरा थाहा भएको भन्दै नेपाली जनतासँग माफी मागेकी हुन् ।उनले नेपालका युवराज जस्तो मान्छे र विवाहित भएको नेपालीहरुमार्फत थाहा पाएको जनाउँदै क्षमायाचनासमेत मागेकी हुन् ।
कन्निकाले शनिबार साँझ सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘नेपालमा कोही पनि चिनजानका मान्छेहरु नहुँदा पारस पूर्व युवराज र विवाहित हुन् भन्नेथाहा भएन, त्यसका लागि म सबैसँग माफी माग्न चाहन्छु ।’कन्निकाले घुमाउरो शैलीमा सबै कुरा थाहा पाएपछि पारसलाई छाडेको समेत बताउँदै उनले आफू कसैको
मजाकको मात्र नभई सिधा केटी भएको बताएकी छन् ।म सिधा केटी हुँ, अरुको लागि मजाक बन्न चाहन्न’, उनले भनेकी छन्, ‘पारस नाम गरेको व्यक्ति जो नेपालको हुनुहुन्छ, उनी तपाईहरुको पूर्व युवराज भन्ने सम्म पनि थाहा थिएन ।’थाइल्यान्डमा हुँदा कन्निकासँगै बसेका पारस हाल स्वदेशमै छन् ।केहि महिना 
पहिलेमात्रै थाइल्याण्डको लामो समयको बसाइपछि पारस काठमाडौं फकिर्एका थिए ।नेपाल आए यता हाल उनी कुनैपनि औपचारिक कार्यक्रममा देखा परेका छैनन्
संसारकै अग्लो खोंच भएको कालीगण्डकी क्षेत्र भौगोलिक बनोटकै कारण सधैं पहिरोको जोखिममा छ । ‘कमजोर भूगोल भएको यो क्षेत्र धेरै जोखिममा छ,’कालिगण्डकीकै पहिरोमा विद्याबारिधि गरेका वसन्तराज अधिकारीले भने । अनुसन्धानकर्ताहरुका अनुसार कालीगण्डकी नदी हुँदै दुईवटा ठूला दरार पूर्व–पश्चिम फैलिएका छन् । तीमध्ये कालीगण्डकीको दानाबाट एउटा ठूलो दरार तथा कोप्चेपानीबाट अर्को दरार पास हुन्छ । ‘मुनि दरार भएपछि स्वभावैले ती क्षेत्र कमजोर हुन्छन् । भूकम्प आउँदा धेरै हलचल हुन्छ र छिटो पहिरो जान्छ,’ अधिकारीले भने । कालीगण्डकी उपत्यकाको लेतेसम्मै पहिरोको दृष्टिकोणले बढी जोखिम छ । कालीगण्डकी उपत्यकाको नारायणघाटदेखि लोमान्थाङसम्मै फरक बनोटका पहाड छन् । एकथरी कमजोर चट्टान र अर्कोथरी माटो भएका पहाड छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
| Copyright © 2013 super khabar