३१ असार, काठमाडौ । विदेशको स्थायी अनुमतिपत्र (पीआर), डीभी, ग्रीनकार्ड लिएका एक हजारभन्दा बढी कर्मचारीले राजिनामा दिएका छन् ।बर्खास्त गर्ने कानून ल्याउने तयारीकै बेला उनीहरुले राजिनामा दिएको सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बताएको नयाँ पत्रिकामा खबर छ ।डीभी-पीआर लिएकालाई बर्खास्त गर्ने प्रावधानसहितको कानूनी ब्यवस्था ल्याएपछि पेन्सनसमेत खोसिन सक्ने भयले ती कर्मचारीले राजिनामा दिएको मन्त्री पण्डितले बताए । उनले भने, ‘डीभी, पीआर भएका सयौं कर्मचारीले घरायसी, पारिवारिक तथा स्वास्थ्यसम्बन्धी समस्या देखाएर राजिनामा दिएको पाइएका छ ।’सामान्य शासन मन्त्रालयको अध्ययनअनुसार डीभी, पीआर लिएका कर्मचारीको संख्या एक हजार दुईसयदेखि एक हजा पाँचसय सम्म छ । निजामति सेवा ऐनको चौथो संसोधनमा डीभी पीआर भएका कर्मचारीलाई बर्खास्त गर्ने प्रावधान छ ।
तर, ऐनअनुसार कर्मचारीलाई जागिर वा डीभी, पीआर कुन त्याग्ने भन्ने भन्ने निर्णय गर्न ६० दिनको समय दिइएको छ । कानून बनेपछि तत्काल बर्खास्तमा पर्ने र पेन्सन लगायतका सुविधा पनि खोसिने भयले धेरै कर्मचारीले यसअघि नै राजिनामा दिएको मन्त्रालयले जनाएको छ ।
No comments: