संसारकै अग्लो खोंच भएको कालीगण्डकी क्षेत्र भौगोलिक बनोटकै कारण सधैं पहिरोको जोखिममा छ । ‘कमजोर भूगोल भएको यो क्षेत्र धेरै जोखिममा छ,’कालिगण्डकीकै पहिरोमा विद्याबारिधि गरेका वसन्तराज अधिकारीले भने । अनुसन्धानकर्ताहरुका अनुसार कालीगण्डकी नदी हुँदै दुईवटा ठूला दरार पूर्व–पश्चिम फैलिएका छन् । तीमध्ये कालीगण्डकीको दानाबाट एउटा ठूलो दरार तथा कोप्चेपानीबाट अर्को दरार पास हुन्छ । ‘मुनि दरार भएपछि स्वभावैले ती क्षेत्र कमजोर हुन्छन् । भूकम्प आउँदा धेरै हलचल हुन्छ र छिटो पहिरो जान्छ,’ अधिकारीले भने । कालीगण्डकी उपत्यकाको लेतेसम्मै पहिरोको दृष्टिकोणले बढी जोखिम छ । कालीगण्डकी उपत्यकाको नारायणघाटदेखि लोमान्थाङसम्मै फरक बनोटका पहाड छन् । एकथरी कमजोर चट्टान र अर्कोथरी माटो भएका पहाड छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
No comments: