मेक्सिकोमा फोटो पत्रकार रुवेनसँगै अन्य चार महिला मृत भेटिए

मेक्सिकोमा फोटो पत्रकार रुवेनसँगै अन्य चार महिला मृत भेटिए

काठमाडौं, श्रावण १८ । मेक्सिकोमा फोटो पत्रकार रुवेन इस्पिनोसा आफ्नै निवासमा मृत भेटिएका छन् । उनीसँगै अरु चार महिला पनि मृत भेटिएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।

पत्रकार इस्पिनोसाको शव गोली लागेको अवस्था फेला परेको हो । अनुसन्धानमूलक म्यागेजिन ‘प्रोसेसो’का लागि काम गर्ने इस्पिनोसा हालै मात्र भेराक्रुज राज्यबाट मेक्सिको सहर गएका थिए ।

इस्पिनोसाको हत्या गर्नुका कारण र हत्याराको खोजी भइरहेको त्यहाँको प्रहरीले जनाएको छ ।

भेराक्रुज पत्रकारहरुका लागि काम गर्न सबैभन्दा खतरा रहेको राज्य मानिन्छ । यहाँ लागूऔषध तस्करीसँग जोडिएका हत्याका घटना निकै हुने गर्दछन् । मेक्सिकोमा सन् २०१० यता ९७ जना पत्रकारको हत्या भएको छ । (एजेन्सी) -

No comments:

| Copyright © 2013 super khabar