''घरमा सुतिरहेकी महिलामाथि मध्यरातमा खुकुरी प्रहार''पुरा जानकारी हेर्नु होला ''

घरमा सुतिरहेकी महिलामाथि मध्यरातमा खुकुरी प्रहार

इनरुवा, श्रावण १४ । सप्तरीको इनरुवास्थित फुलबडियामा एक महिलामाथि मध्यरातमा खुकुरी प्रहार भएको छ ।

आफ्नै घरमा सुतिरहेकी ४५ वर्षीया रोकिया खातुनमाथि खुकुरी प्रहार भएको हो ।

प्रहरीका अनुसार उनलाई कसले खुकुरी प्रहार गरेको हो भन्ने खुल्न सकेको छैन ।

आफ्नै घरको बरण्डामा सुतिरहेकी खातुनलाई गएराति साढे १२ बजे खुकुरी प्रहार गरी घाइते तुल्याएको अवस्थामा उद्धार गरिएको हो । खातुनको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

No comments:

| Copyright © 2013 super khabar