सामाजिक सञ्जालले भेटाइदिएपछि अचम्मित भयो छुटेका दिदी–बहिनीहरू

(एजेन्सी) बाल्यकालमै छुटेका दुई दिदीबहिनीलाई यु–टयुबले मिलाई दिएको छ । उनीहरु फिल्मी शैलीमा मिलेका हुन् । जुम्ल्याहा दिदीबहिनी एक फ्रान्स त एक अमेरिकामा थिए ।उनीहरुलाई दुई फरक व्यक्तिले पालेका थिए । सानै उमेरमा बिछोड भएका कारण उनीहरु दुबैलाई एक अर्काका विषयमा याद थिएन । यसैबीच फ्रान्समा बस्ने दिदी पढ्नका लागि
लण्डन लागिन् ।त्यस्तै अमेरिकामा बहिनी हलिउडमा अभिनेत्री बनिन् । एक दिन यू–टयूबमा फिल्मको ट्रेलर हेर्दा आफ्नै जुम्ल्याहा बहिनीलाई देखेपछि दिदी छक्क परिन् ।यो कुनै फिल्मेको कहानी होइन् । अमेरिकामा बस्ने समंथाको चलचित्र ‘२१ एन्ड ओवर’ को टे«लर उनकी दिदी अनाइसले फेसबुकमा भेटेकी थिइन् । अनाइस आफ्नै अनुहारकी हिरोइन देखेपछि छक खाइन् ।यसअघि नै उनलाई अभिनेत्री संमथाका विषयमा साथिहरुले बताएको कुरा विश्वास लाखेको थिएन । उनले टे«लर हेरेपछि संमथालाई म्यासेज गरिन् । त्यसपछि दुबैले एक अर्कालाई भेटेका छन् ।उनीहरु दुबैको जन्म एकसाथ दक्षिण कोरियामा भएको थियो । त्यसपछि उनीहरु दुबैलाई अलग अलग परिवारले पालेको थियो । डिएनए टेस्टपछि उनीहरु जुम्ल्याहा रहेको पत्ता लगोको छ ।अनाइसले बताएअनुसार उनीहरुको जन्म १९ नोेभेम्बर १९८७ मा सियोलमा भएको हो

No comments:

| Copyright © 2013 super khabar