आमासँग अनैतिक सम्बन्ध राखेको कारणले भन्दै हत्या गरीयो

२१ असार, नवलपरासी । आमासँग अनैतिक सम्बन्ध राखेको आरोपमा शिवपुजन थारुको हत्या गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।कोदालोको प्रयोग गरी शिवपुजनको हत्या गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालयले हेमराज थारुलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।नवलपरासीको सुनवल-९ बस्ने ५८ वर्षीय शिवपुज थारुले अभियुक्त हेमराज थारुको आमासँग पटकपटक अनैतिक सम्बन्ध राखेका कारण हत्या गरेको अभियुक्तले स्वीकारेको प्रहरीले जानकारी दिएको छ ।प्रहरी टोलीले सूचनाको आधारमा अभियुक्त थारुलाई घटना घटेको नौ घन्टाभित्रै विभिन्न प्रमाणसहित पक्राउ गरेको प्रहरी उपरीक्षक नवलप्रसाद उपाध्यायले जानकारी दिए ।पत्रकार सम्मेलनमा अभियुक्त पक्राउ गर्न प्रभावकारी भूमिका निर्वाह गर्ने प्रहरी जवान वीरेन्द्र निसादलाई नगदसहित पुरस्कृत गरिएको थियो । रासस

No comments:

| Copyright © 2013 super khabar