सबैभन्दा पहिला स्विकार गर्नुहोस् कि यो स्वभाबिक प्रक्रिया हो र तपाई खुसी रहनुहोस् । तपाईलाई यौनसम्पर्क गर्न मन लाग्छ, लिङ्ग उत्तेजित हुन्छ, बिपरित लिङ्गीप्रति आकर्षित हुन्छ भने तपाई परिपक्व युवा बन्दैहुनुहुन्छ वा तपाईका प्रजनन अङ्गहरु परिपक्व हुदैँछन् ।Capture
जस्तो हुनुपर्ने हो त्यस्तै हुदैछन् र भईरहेका छन् । अर्को खुसी हुनुपर्ने कुरा के हो भने यौनचाहना भएन भने ओहो मलाई के भयो होला भन्ने कुरा हुन्थ्यो तर तपाईलाई त सामान्य मान्छेलाई जस्तै भएको छ यो निकै सामान्य कुरा हो । तपाईलाई असाध्यै यौनचाहना हुन्छ भने हस्तमैथुन गर्न सक्नुहुन्छ । यदि कोहि बिश्वासिलो यौनसाथी भयो भने पनि उहाँसँग यौनसम्पर्क गरेर तपाईले यौनचाहना मेटाउन सक्नुहुन्छ । सबैभन्दा ठुलो कुरा के हो भने सबैलाई हुने कुरा मलाई पनि भएको हो र हुनुपर्ने कुरा भएको हो भनेर ढुक्क रहनुहोस् । aradioaudio बाट साभार
No comments: