मधेस केन्द्रीत दलले बबरमहलमा प्रारम्भिक संविधानको मस्यौदा जलाए

काठमाडौं, असार १६ – १६ बुँदे सहमतिमा असन्तुष्टी जनाउँदै आएका मधेस केन्द्रीत चार चार दलले बबरमहलमा संविधानको प्रारम्भिक मस्यौदा जलाएका छन् । बुधवार संघीय समाजवादी फोरमका राजेन्द्र श्रेष्ठ, तमलोपाका सर्वेन्द्रनाथ शुक्ला, सद्भावना पार्टिका लक्ष्मणलाल कर्ण र तराई मधेस सदभावना पार्टीका रामनरेश राययादवले मस्यौदा जलाउने कार्यको नेतृत्व गरेका थिए ।
संविधानसभा भवनमै मस्यौदा च्यातेका मधेस केन्द्रीत दलहरुले १६ बुँदेको आधारमा संविधानमा निर्माण भए त्यस्तो संविधान मान्य नहुने चेतावनी दिँदै आएका थिए । मधेस केन्द्रीत दलहरुको मस्यौदा जलाउने कार्यक्रममा प्रहरीले कुनै हस्तक्षेप नगरेको बताइएको छ

No comments:

| Copyright © 2013 super khabar