२ छोरीको हत्या भएको ६ महिनापछि बाबुको पनि हत्या

धादिङ, असार २७ – दुई नाबालिका छोरीहरुको   हत्या भएको ६ महिना पछि   धादिङको कटुञ्जेमा बाबुको समेत हत्या भएको छ कटुञ्जे गाविस बडा नम्बर ७ स्थित विश्वकर्मा टोलका ३२ वर्षीय चन्द्रबहादुर विश्वकर्माको अपरिचित समुहले आज दिउसो आफ्नै घरभित्र सुतिरहेको अवस्थामा घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ घटनापछि हत्यामा संलग्नहरु फरार भएका र उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।मृतक चन्द्रबहादुरको  ७ वर्षिया  एलिना र ५ वर्षिया रंजीताको गत पुस ७ गते स्थानीय नरबहादुर गुरुङले  विष खुवाएर हत्या गरेको थिए उनी हाल पुर्पक्षका लागि थुनामा रहेका छन् ।प्रहरीले चन्द्रबहादुरको भने हत्या कसले गरेको हो भन्नेबारे खुल्न नसकेको भन्दै अनुसन्धान भइरहेको जनाएको छ 

No comments:

| Copyright © 2013 super khabar