आफूले जन्माएको नवजात शिशु छोरालाई झोलामा राखी बागमतीमा फाल्ने काभ्रे गोकुले–५ घर भएकी २२ बर्षीया कान्छीमाया तामाङलाई प्रहरीले आज पक्राउ गरेको छ चारदिन अगाडि जन्मेको छोरोलाई झोलामा हाली काठमाडौँ महानगरपालिका–८ पशुपति आर्यघाटस्थित बागमती नदीमा फालेर भाग्न लागेको अवस्थामा महानगरीय प्रहरी बृत्त गौशालले तामाङलाई पक्राउ गरेको हो ।उनले फालेको झोला खोली हेर्दा बालक जिवितै फेला परेका थिए ।प्रहरीले आमाछोरालाई उपचारको लागि प्रशुति गृह थापाथली लगेर भर्ना गरेको छ
अवैध सम्बन्ध बाट बच्चा जन्माएकाले जिउँदै फालेको हुन सक्ने प्रहरीको भनाइ छ
No comments: