२३ असार, काठमाडौं ।
संयुक्त अरब एमिरेट्समा शुन्य लागत बाहेकका नयाँ नेपाली कामदार मागपत्र स्वीकृत नहुने भएको छ। नेपाल सरकारले वैदेशिक रोजगारमा जाने नेपालीलाई शुन्य लागत खर्चमा मात्र युएई सहित खाडीका ६ देश र मलेसियामा लैजानुपर्ने निर्णय लागु गरेपछि यूएइस्थित नेपाली दुतावासले यस्तो निर्णय लागु गरेको हो ।
सरकारले शुन्य लागत बाहेकका अन्य कामदार मागपत्र आएमा स्वीकृत नगर्नु भनेकाले दूतावासले निर्णय कार्यान्वयन गरेको दुतावासको भनाइ छ। निर्णय लागु भएसँगै कम्पनीहरुले म्यानपावर एजेन्सीलाई कामदार ल्याए बापतको सेवा शुल्क सहित फ्री भिसा र फ्री हवाइ टिकट उपलब्ध गराए मात्र शुन्य लागतमा कामदार युएई जान सक्नेछन् ।यदी कुनै कम्पनीले कामदारको भिसा र हवाइ टिकट निशुल्क दिएर कामदार ल्याए बापतको सेवा शुल्क नदिए म्यानपावर व्यावसायीले वैदेशिक रोजगारमा आउने कामदारबाट १० हजारदेखी बढीमा २० हजार नेपाली रुपैयाँ मात्र लिन पाउने निर्णय सरकारले गरेको छ। बैदेसिक रोजगार ब्याबसायी भने सरकारी निर्णयको बिरोधमा आन्दोलित भएका छन् ।उनीहरुले प्रधानमन्त्री शुसील कोइरालालाई भेटी तत्काल निर्णय सच्याउन समेत ध्यानाकर्षण गराएका छन् । त्यसैगरि देशभरका म्यानपावर कम्पनीहरु आन्दोलीत हुदै अनिस्चिकालकालागी म्यानपावर कम्पनी बन्द गरेकाछन् ।source:npheadlines




No comments: