गुन्डाद्धार हत्या गरिएका चेतन मानन्धरकी पत्नीले गरिन बिष सेवन

बाँके,नेपालगन्जको ब्यस्त सडकमै गुन्डाहरुको खुकुरी प्रहारबाट हत्या गरिएका चेतन मानन्धरकी पत्नीले बिष सेवन गरेकी छिन् । पति चेतनको शव हेर्न नसकेर पत्नी भारती मानन्धरले बिष सेवन गरेकी हुन् । पतिको शव देख्न वित्तिकै विक्षिप्त भनेकी भारतीले शवलाई दाहसंस्कार गर्न लैजाने बित्तिकै बिष सेवन गरेकी हुन् ।
चेतनको शव परिवारले तीन दिनपछि बुझेर घर लगेका थिए । घर लगेको तीन घण्टापछि उनको दाहसंस्कारका लागि राप्ती नदीमा लगिएको थियो । पतिलाई दाहसंस्कारका लागि राप्तीमा लगे लगतै घरमा भएकी पत्नी भारतीले बिष सेवन गरेकी हुन् ।गुन्डा नाइके रिकल ढकालसहित ११ जनाबिरुद्ध किटानी जाहेरी प्रहरीले लिएपछि परिवारले शव बुझेको नेपाल समाचारपत्रका समाचार छ । YesKathmandu बाट साभार 

No comments:

| Copyright © 2013 super khabar