सभासद् कर्णलाई कालोमोसो दल्दै जुत्ताको माला लगाइयो

काठमाडौं, २९ असार । सभासद् तथा काँग्रेस भातृ संगठन नेपाल विद्यार्थी संघका अध्यक्ष तथा रञ्जित कर्णमाथि कालोमोसो दल्दै जुत्ताको माला लगाइएको तस्विर सार्वजनिक भएको छ ।
मंगलबार बिहान उनकै निवास हाँडीगाउँमा आक्रमणमा परेका कर्णलाई आक्रमणकारीले कालोमोसो दल्दै जुत्ताको माला लगाएका बताइएको छ । आक्रमणकारीले कालोमसी छर्केर जुत्ताको माला लगाएपछि लिइएको तस्विर सार्वजनिक भएको हो । सार्वजनिक तस्विरमा कर्णको गालामा कालोमसी लागेको र हातमा जुत्ताको माला देखिन्छ । मिडिया एनपीसँग कुरा गर्दै कर्णले कालोमसी छर्केर आक्रमणकारी भागेको बताएका थिए ।
नेविसंघ कार्यकर्ता कुन्दन काफ्लेको ग्रुपले आफूमाथि आक्रमण गरेको कर्णले आरोप लगाएका छन् ।यसैबीच, नेविसंघ अध्यक्ष तथा कर्र्णमाथि आक्रमण गरेको आरोपमा संघकै नेता कुन्दन राज काफ्ले, नवराज त्रिपाठी लगायतक ११ जना विरुद्ध मुद्दा दायर भएको छ । उनीहरु माथि ज्यान मार्ने उद्योग सम्बन्धि मुद्दा दर्ता गरिएको बताइएको छ ।आक्रमणमा परेका कर्ण उपचारपछि घर फर्किएका छन् ।साभार :मिडिया एनपी

No comments:

| Copyright © 2013 super khabar