पटना— अभिभावकहरु आफ्नो मायाको टुक्रा सन्तानलाई विद्यालय पठाउँदा सोच्छन्— नानीहरुलाई विद्यालयमा माया गरियोस्, राम्रो हेरचाह होस्। साथमा उनीहरुको पढाइ होस्। यस्तै आकांक्षा राखेर विद्यालय पठाएका दुई छात्रको मृत्यु भएपछि भारतको बिहारमा डिपीएस आवासीय विद्यालयका प्रिन्सिपललाई कुटीकुटी हत्या गरिएको छ।दुई विद्यार्थीको मृत्युपछि आक्रोसित बनेका अभिभावकले बिहारका नालन्दा जिल्लाको डिपीएसका प्रिन्सिपलको हत्या गरेका हुन्। अभिभावकले दुई विद्यार्थीलाई शिक्षकले पिटेर मारेको आरोप लगाएका थिए।अाक्रोसितले अागजनी गरेको स्कूलको सवारी साधन
आइतबार प्रहरीले ७ र ८ वर्षका दुई छात्रको शव पानी पोखरीमा फेला पारेको थियो। उनीहरु दुवै नालन्दाको निरपुर गाउँ नजिकैको आवासीय डिपीएस विद्यालयका छात्र थिए। विद्यालय निर्देशक देवेन्द्रप्रसादले मृत्यु भएका दुवै छात्र आइतबार बिहान बिनाजानकारी स्कूलबाट बाहिर निस्केको र विद्यालयभन्दा ५० मिटर टाढा पोखरीमा शव फेला परेको उल्लेख गरे।विद्यार्थीको रहस्यमय मृत्यु भएपछि आक्रोसित बनेका स्थानीयबासीले स्कूल प्रिन्सिपलको हत्या गर्नुका साथै स्कूल भवनमा तोडफोड र आगजनी गरे। ग्यास सिलिन्डरमार्फत् स्कूलका दुई कोठामा आगो लगाइदिएको प्रत्यक्षदर्शीले जनाएका छन्। हिंसामा उत्रिएका स्थानीयलाई रोक्न गएको प्रहरी टोलीमाथि पनि आक्रमण भयो। घटनामा ६ प्रहरी घाइते भएका छन्।
No comments: