संसारको सबैभन्दा अग्लो होटल, गर्नुस् भर्चुअल यात्रा दुबइमा अबस्थित

 संयुक्त अरब इमिरेट्सको दुबइ सहर विश्वको सबैभन्दा अग्लो भवन बुर्ज खालिफा दुबइका लागि मात्र प्रख्यात छैन । दुबइमा विश्वको सबैभन्दा अग्लो होटल पनि रहेको छ ।दुबइमा रहेको दी जे डब्लु म्यारिओट माक्विर्स होटल विश्वको सबैभन्दा अग्लो होटेल हो । जमिनको सतहबाट ३ सय ५५ दशमलब ३५ मिटर अग्लो छ यो होटल होटलको पुरानो नाम इमिरेट्स पार्क टावर्स होटल एण्ड स्पा हो । यो होटलमा जुम्ल्याहा भवन छन् र दुबैमा ७७ तल छन् । जुम्ल्याहा भवनमध्ये पहिलो ११ नोभेम्बर २०१२ देखि संचालनमा आएको थियो ।
दुबै भवनमा गरी १६ सय ८ वटा कोठा छन् र होटल भित्र र बाहिर गरी ८ हजार स्क्वाएर मिटरको इभेन्ट स्पेस उपलब्ध रहेको छ ।

No comments:

| Copyright © 2013 super khabar