भक्तपुर, असार १० – २०७० साल माघ २१ गते मध्यपुरथिमिस्थित नयाँ घरमा पुजाको काममा सहयोग गर्न आएकी बालीकालाई बलात्कार गर्ने एक जनालाई भक्तपुर जिल्ला अदालतले कैद र जरीवाना फैसला गरेको छ
रौतहट मटिवन गाविस–२ घरभई मध्यपुरथिमि बस्दै आएका वर्ष २६ का मोहन कार्कीलाई उक्त फैसला सुनाएको हो कार्कीले १५ वर्षकी बालिकालकाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालतका न्यायाधिश श्रीकृष्ण भट्टराईले ८ वर्ष जेल र पीडित बालिकालाई एकलाख रुपैयाँ क्षतिपुर्ति तिर्नुपर्ने फैसला गरेका हुन् ।
कार्की पुनरावेदन अदालत ललीतपुरबाट ५० हजार रुपैयाँ धरौटीको आदेशमा छुटेका भएपनि भक्तपुर जिल्ला अदालतले उक्त सजायको फैसला सुनाएको हो ।
No comments: