एसिड आक्रमणमा परेकी सिमा र संगीतको यस्तो बिजोग

केही महिना अगाडि एसिड प्रहारको सिकार हुन पुगेका २ छात्रा लाई एमाले निकट युवासंगले सहयोग गरेको छ। राजाधानीमा आयोजित एक कार्यक्रम बिच घाइते सिमा बस्नेत र संगिता मगरलाई युवा संघ नेपालका संयोजक निरु पाल ले जनही २५ हजार सहयोग हस्तान्तरण गरेकी छिन। पढाईमा सघाउ पुराउनका लागि छिट्टै नै संघ ले १ – १ थान कम्प्युटर पनि दिने पालले बताइन।
केही समय अघि मात्रै सिमा बस्नेतले पढाई सकेपछि आफु राजनीतिमा लाग्ने कुरा सार्वजनिक गरेकी थिइन।  उनको यो इच्छालाई युवा संघले पुरा गर्न भूमिका खेल्ने संयोजक पालको भनाइ थियो।
एसएसली परिक्षाको तयारीका लागि अध्ययनका लागि बसन्तपुर झोछेस्थित ए प्लस ट्युसन सेन्टरमा बसिरहेको समयमा उनीहरु माथी एसिड आक्रमण भएको थियो। स्रोत : नेपाली हेडलाइन्स 

No comments:

| Copyright © 2013 super khabar