भोजपुरको धोद्लेखानी गाविसका सचिव गोपाल चिमरिया कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए शनिबार बिहान कार्यालयमै झुन्डिएको अवस्थामा भेटिएका उनको साथबाट प्रहरीले ‘सुसाइड नोट’ सुसाइड नोट भेट्टायो डायरीमा लेखेको सुसाइड नोटमा भुकम्पपीडितको राहत र खुला दिसामुक्त गाविस घोषणाका लागि आफूले भनेजस्तो गर्न नसकेकोमा मृत्यु रोजेको उल्लेख गरिएको छ ।
उनका सहकर्मी देउराली गाविसका सचिव खड्गबहादुर पौडेलका अनुसार सामाजिक सुरक्षा र विकास योजना अघि बढाउन गाउँमा सहज वातावरण नभएकाले आफू आत्महत्या गर्न बाध्य भएको विवरण सुसाइड नोटमा लेखिएको छ ।सचिव चिमरियाले केहिदिनअघि कार्यालय प्रमुख तथा भोजपुर जिविसका स्थानीय विकास अधिकारीसमक्ष धोद्लेखानीमा काम गर्न नसक्ने भन्दै अर्को गाविसमा सरुवाको लागि अनुरोध गरेको समाचार स्रोतले बताएको छ ।उनले सुसाईट नोटमा आफ्नो परिवारको व्यवस्थापनमा कमजोरी भएको लेखेका छन् । गाविसको कार्यभार राम्रो नभएको तथा परिवारलाई समेत समय दिन नसकेकाले मानसिक तनावमा आएर उनले आत्महत्या गरेको खुलेको हो ।चिमरियाको शव जिल्ला अस्पताल भोजपुरमा पोष्टमार्टम गरि आइतबार परिवारको जिम्मा लगाइएको छ ।यसैबीच भोजपुरका गाविस सचिवहरुले श्रद्धाञ्जली कार्यक्रम गरी जनप्रतिनिधि नभएका बेला एक्लो गाविस सचिवलाई दर्जनौं मन्त्रालयको काम थोपर्दा गम्भीर समस्या आएको जनाएका छन् ।उनीहरुले कार्यस्थलमा सरोकारवालाले सहयोग नगर्ने प्रवृत्तिले सहकर्मी गुमाउनुपरेको भन्दै सम्बन्धित पक्षको ध्यानाकर्षण गरेको छ ।
संखुवासभाको धुपु घर भइ हाल मोरङको कोशी हरैंचा नगरपालिका–३ निवासी २९ वर्षीय चिमरिया ६ महिनाअघि मात्र निजामति सेवामा प्रवेश गरेका थिए । उनका पत्नी र एक छोरा छन् । वीएस्सी उत्तीर्ण चिमरिया निजामति सेवामा आउनुअघि शिक्षण पेशामा संलग्न थिए । source:annapurnaoost

No comments: