विद्यार्थीहरुले बनाए अनौठो स्मार्ट कण्डम, यौनरोग संक्रमण हुँदा चम्किने बनाएपछि चकित भने कण्डम प्रयोगकर्ताहरू

१३-१४ वर्ष उमेरका किशोर विद्यार्थीहरुले दुनियामै अहिलेसम्म नभएको अनौठो आविष्कार गरेर सबैलाई अचम्ममा पारेका छन् । बेलायतको लण्डनस्थित आइज्याक न्युटन एकेडेमीमा 
अध्ययनरत तिनजना किशोरहरुले यस्तो कण्डमको विकाश गरेका छन् जो यौनरोगका जिवाणुहरु भेट्ने बित्तिकै चम्किन थाल्छ ।दी एस टी आइ कण्डम नामको उक्त अनौठो कण्डम निर्माण गर्ने विद्यार्थीहरुमा १३ वर्षका मुआज नवाज, १४ वर्षका डानयाल अली र १४ वर्षका चिराज शाह रहेका छन् ।
उनीहरुको यो आविष्कार विश्वमा बढ्दो यौनरोगको संक्रमण विरुद्धको लडाइँमा कामयावी हुने विश्वास गरिएको छ । उनीहरुको यो आविष्कारले टिन टेक अवार्ड समेत हात पारेको छ ।
उनीहरुले तयार पारेको यो कण्डममा यस्तो अणुहरुको प्रयोग गरिएको छ जुन यौनरोगका ब्याक्टेरिया तथा भाइरसको सम्पर्कमा आउँदै बित्तिकै चम्किन थाल्छ ।अझ रोचक कुरा त के भने कण्डम चम्किँदा कस्तो रङको प्रकाश निस्क्यो भन्ने आधारमा कुन यौनरोगको जिवाणु हो भन्ने पनि पत्ता लगाउन सकिन्छ ।
क्लेमाइडिया जिवाणुको संक्रमण हुँदा हरियो, हर्पसको संक्रमण हुँदा पहेँलो, भिरिंगीको संक्रमण हुँदा निलो तथा यौनांगमा धब्बा गराउने भाइरसको संक्रमण हुँदा बैजनी रङको प्रकाश निकालेर कण्डम चम्किन थाल्दछ ।
यद्यपि यो चम्किने कण्डम अहिले नै बजारमा उपलब्ध भने छैन । टिन टेक अवार्ड आयोजकका अनुसार तत्कालका लागि यो केवल अवधारणा मात्र हो र यसको डिजाइनले अन्तिम रुप पाइसकेको छैन ।
यद्यपि यो आविष्कारले अबको युग स्मार्ट कण्डमको युग भएको भने प्रष्ट पारेको छ

No comments:

| Copyright © 2013 super khabar