ग्लोबल आइएमइ बैंकबाट निकालेको पैसा लुट्ने मोस्टवान्टेड चोरहरु पक्राउ

बलेरोदेखि लिएर नगद लुट्नसम्म चोर्थे
 काठमाडौ आसार ९ –मोटरसाइकलदेखि लिएर बलेरोसम्म, सुनदेखि नगदसम्म लुट्ने र चोर्ने गिरोहलाई पक्राउ गरी महानगरीय प्रहरी अपराध महाशाखाले सार्वजनिक गरेको छ ।
काठमाडौमा लुटेर तराईका जिल्लामा बेच्ने र त्यसको रकमले अन्य कारोवार गर्ने समेत खुलेको छ । मोस्ट वान्टेडको सूचीमा समेत रहेका रामेछाप दोरम्बाका सागर भन्ने टिका थापा मागर, रामेछाप हिलेदेवीका मिलन कान्छा, प्रकाश भन्ने तेजबहादुर तामाङ र चितवनका रत्ननगर बस्ने प्रेम महतो चौधरी पक्राउ परेका हुन् ।
काठमाडौको मुलपानीमा डेरा लिइ बस्ने टिका र बालकमारी डेरा लिई बस्ने तेजबहादुरलाई बल्खु र प्रेम महतोलाई चितवनबाट पक्राउ गरेको महाशाखाका प्रमुख सर्वेन्द्र खनालले जानकारी गराए । उनीहरुले चोरी गरी लगेका समानहरु मकवानपुर, चितवन र काठमाडौका विभिन्न ठाउँबाट बारामद गरी महानगरीय प्रहरी अपराध महाशाखामा ल्याइसकेको छ ।कहाँबाट के के चोरे ?उनीहरुले उपत्यकाको ८ स्थानबाट मोटरसाइकल चोरी गरेको छन् । जेठ ३२ गते राती चावहिलमा रहेको भाटभेटनीमा पार्किङ्ग गरी राखेको बा ६ च ७६९८ नम्बरको बोलेरो गाडी चोरी गरी लगेर मनकवानपुरमा राखेको थियो । सो गाडि चोरी गर्नका लागि टिका र तेज आधा घण्टादेखि भाटभटेनीमा बसि राखेको त्यहाँको सीसी क्यामरामा छ । मकवानपुरको पदमपोखरीमा लगि लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले फेला पारेका जनाएको छ ।
त्यसअघि उनीहरुले नै जेठ २० गते पुरानो बानेश्वरबाट जीवन शर्माको २२० सीसीको मोटरसाइकल चोरी गरी पाटन अस्पतालको पार्किङ्मा लुकाएर राखेको थियो । तीन दिनपछि उनीहरुले मोटरसाइकल लिन जाँदा पार्किङगका गार्डले ब्लूबुक माग्दा लिएर आउँछु भनि भागेका उनीहरु फर्केर नआएपछि प्रहरीले सो मोटर साइकल त्यहाँबाट बरामाद गरेको हो ।गएको चैत ६ गते ओम अस्पतालबाट पल्सर चोरेका थिए । सोही मोटरसाइकलको नम्बर परिवर्तन गरी विभिन्न ठाउँमा लुटपाटमा प्रयोग गरेका थिए । सो मोटर साइकल टिका थापाको डेरा मुलपानीबाट नै बरामद गरेको छ । चावेलकै भाटभेटनीबाट रामकाजी श्रेष्ठको मोटरसाइकल पनि उनीहरुले नै चोरी गरेका छन् । साथै बी एण्ड बी अस्पताल, पाटन अस्पताल, गोपीकृष्ण हल चावेल लगायतका उपत्यकाका विभिन्न ठाउँबाट उनीहरुले पाँचवटा पल्सर, डस्कभर एउटा, बुलेट एउटा गरी सातवटा मोटर साइकल र एउटा बलेरो गाडि चोरी गरेको महाशाखाले जनाएको छ ।
गत माघ महिनाको २१ गते बानेश्वरबाट १८ लाख भन्दा बढी नगद लुटेका थिए । सरस्वती आचार्यले त्यहाँस्थित ग्लोबल आइएमइ बैंकबाट झिकेर आफ्नो स्कूटरमा चढ्न लाग्दा उनीहरु मोटरसाइकलमा आएर ब्याग खोसेर भागेका थिए । केही दिनअघि टिका थापाले सरस्वती आचार्यलाई त्यहाँबाट मोटो रकम झिकेको देखेपछि उनलाई पछ्याउँदै आइरहेका थिए । सो दिन पनि पिछा गर्दै आए र रकम झिकेर जान लाग्दा लुटेको छ 
त्यस्तै त्यसअघि पनि कात्तिक २१ गते प्रेरणा राईको पनि एक लाख ५५ हजार रुपियाँ लुटेको छ । कपनमा रहेको शनि इन्टरप्राइजेज कपनबाट रकम निकालि तेन्जिग चोकमा हिडि रहेको अवस्थामा उनीहरुले ब्याग खोसेर भागेका थिए । त्यस्तै बौद्धको रामहितीबाट सुमित्रा अधिकारीको साथबाट ६९ हजार २५० रुपियाँ पनि लुटेको थियो । बाफलमा बाटो हिडि रहेकी सिता श्रेष्ठको दुई तोलाको र बुद्धनगरबाट उर्मिला कँडेलको ३ तोलाको सुनको सिक्री पनि उनीहरु लुटेका थिए ।महाशाखा प्रमुख अनालका अनुसार यी दुईजना पहिला पनि विभिन्न आपराधिक घटनामा संलग्न रहेको देखिएको छ । पहिलादेखि प्रहरीको खोजीमा रहेका यी दुई जनामध्ये टिकामाथि चारवटा चोरीका मुद्दाहरु लागेको थियो भने पक्राउ पनि परिसकेका हुन् ।

No comments:

| Copyright © 2013 super khabar