गोरखामा अवतरण गर्दा पल्टिएर हेलिकप्टरमा आगलागी’ पुरा समाचार हेर्नको लागि यो लिंक थिच्नुहोस्

गोरखा, असार ७ – बिहान करिब १० बजे काठमाडौंबाट सामागाउँका लागि उडेको नाइनएन-एकेएफ हेलिकप्टर गलत सूचनाका कारण दुर्घटनामा परेको पाइएको छ । साम्दो गाउँमा अवतरण गर्ने क्रममा दुर्घटना भएको हेलिकप्टरमा सवार जिल्ला खानेपानी तथा सरसफाई कार्यालय गोरखाका प्रमुख नारायणप्रसाद आचार्यले बताए । ‘सामागाउँ पुग्नुपर्ने हेलिकप्टर साम्दो पुगेर बारीको कान्लामा ल्याण्ड गर्न खोज्दा अनियन्त्रित भएर पल्टिएको थियो,’ उनले भने ।गलत सूचनाका आधारमा पाइलटले साम्दोमा हेलिकप्टर ल्याण्ड गराएको उनले बताए । ‘साम्दोमा ल्याण्ड भएपछि सामागाउँ फर्कने कुराकानी भइरहेको थियो,’ उनले भने, ‘हामी हेलिकप्टरबाट झरेका पनि थिएनौं, पखेटा घुमिरहेको थियो, पल्टेर तल्लो गह्रामा पुगियो ।’ क्याप्टेनले ढोका खोलिदिएपछि सबै जना बाहिर निस्केर सुरक्षित भएको उनले बताए ।

No comments:

| Copyright © 2013 super khabar