चितवन । भूकम्पबाट बढी क्षतीग्रस्त सिन्धुपाल्चोक जिल्लाकी एक किशोरीलाई मानव बेचबिखन तथा ओसार पसार विरुद्ध कार्यरत संस्थाले उद्धार गरेको छ ।सिन्धुपाल्चोक ईचोक-९ सुरसिंकी घर भएकी निमा तामाङलाई आफ्नै हजुरआमा पर्नेले काम लगाइदिने बहानामा भारतको पञ्जाब लान लागेको सोधपुछको क्रममा खुलेको के.आई.नेपाल सुनौलीकी बोर्डर इञ्चार्ज तारा सापकोटाले जानकारी दिइन् ।कक्षा ८ मा अध्ययनरत तामाङलाई अहिले के.आई नेपालको चितवनस्थित सेफ हाउसमा सुरक्षित राखिएको चितवन संयोजक केमिका घिमिरेले बताइन् । उनलाई उचित तबरले अध्ययनको व्यवस्था गर्ने संस्थाले जनाएको छ ।भूकम्पले घर भत्कँदा दाजु र दिदीको मृत्यु भएपछि भारतमा रोजगारी गरी पैसा कमाउने आशामा उनी हजुरआमासँग हिँडेकी हुन् । उनलाई नेपाल पार गर्न लाग्दा सुनौली नाकामा कार्यरत के.आई नेपालका कर्मचारीले सोधपुछ गरी आफ्नो संरक्षणमा लिएका हुन् ।
के.आई नेपालले स्थापनाकालदेखि नै महिला तथा बालबालिका बेचबिखन बिरुद्घमा विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । हालसम्म संस्थाले १२ जिल्लाम्ाा शाखा कार्यालय बिस्तार गरी मानव बेचबिखन बिरुद्ध बिभिन्न अभियानहरु सञ्चालन गरिरहेको छ

No comments: