पहिलो एकदिवसीयमा पाकिस्तान विजयी

१३ जेठ, काठमाडौं  जिम्बावेविरुद्ध पहिलो एकदिवसीय क्रिकेटमा पाकिस्तान ४१ रनले विजयी भएको छ । यससँगै उनले तीन एकदिवसीय श्रृखलामा पाकिस्तानले १-० को अग्रता लिएको छ ।

गद्धाफी स्टेडियम लाहोरमा पहिले ब्याटिङ गरेको पाकिस्तानले शोएब मल्लिकको शतकको मदतमा ५० ओभरमा ३ विकेट गुमाएर ३७५ रन बनायो । उसका लागि मल्लिकले ११२ रन बनाए । मोहम्मद हफिजले ८९ रन जोडे भने अजहर अलीले ७९ रनको योगदान दिए ।

हरिस सोहिल ८९ रनमा अविजित रहे ।

जवाफमा मैदान उत्रिएको जिम्बावे ५० ओभरमा ५ विकेट गुमाएर ३३४ रन मात्र बनाउन सक्यो ।

जिम्बावेका इल्टोन चिगुमबोराले ११७ रन बनाएपनि टोलीको हार टार्न सकेननन् । हृयामिल्टन मसकदजले ७३ रनको योगदान दिए ।

पाकिस्तानका वाहव रियाजले ३ विकेट लिए ।

No comments:

| Copyright © 2013 super khabar