सगरमाथा क्षेत्रमा हिमपोखरी फुट्यो

आजको अन्नपूर्णमा खबर छ सगरमाथा क्षेत्रको एउटा हिमपोखरी सोमबार राति विस्फोट हुँदा केही पुल र बाटो बगाएको छ। यसअघि कहिल्यै अनुगमन नगरिएको छु रावा (स्थानीय नाम) हिमपोखरी विस्फोटपछि खोलामा आएको बाढीको असर पाङ्बोचेसम्म परेको छ। ल्होत्से र आइल्यान्ड पिकको बीचमा रहेको यो पोखरीबारे सरकारी तथा हिमतालबारे काम गर्ने कुनै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग जानकारी छैन ।आजको अन्नपूर्णमा खबर छापिएको छ।

ठूला ढुंगासहित गड्गडाउँदै इ जा खोला बगेपछि खतराको सूचीमा रहेको इम्जा हिमताल विस्फोट भएको हल्ला रातभरि चलिरह्यो। सरकार तथा स्थानीय बासिन्दाले समेत कुन ताल फुट्यो भन्ने मंगलबार बिहानसम्म पत्ता लगाउन सकेनन्।

ठूला ढुंगा बगाउँदै चर्को आवाजसहित बाढी आएपछि इम्जा नै फुटेको निष्कर्ष निकाल्दै खु बु क्षेत्रको पाङ्बोचे र दिङ्बोचेका बासिन्दा मध्यरातमा टर्चलाइट बालेर बस्तीभन्दा माथि डाँडामा चढेका थिए।

पोखरी फुटेर बाढी आएपछि पाङ्बोचेसम्म खोलामा पानीको सतह तीन मिटर बढेको स्थानीय बासिन्दाले अन्नपूर्णलाई बताए। बाढीको त्रासले रातभर नसुतेका स्थानीय बासिन्दाले बिहान मात्रै इम्जा हिमताल नभएर नजिकैको अर्को पोखरी विस्फोट भएको थाहा पाए।

स्थानीय बासिन्दा तथा सगरमाथा मध्यवर्ती क्षेत्रको उपभोक्ता समूहका अध्यक्ष आङछिरी शेर्पासहितको समूहले हेलिकोप्टरबाट इम्जाको अनुगमन गर्ने क्रममा छु रावा पोखरी फुटेको पत्ता लगाएको थियो। 'इम्जा फुटेको छैन।

यसको अवस्था जस्ताको तस्तै छ। नजिकैको अर्को पोखरी फुटेको हो', इम्जा हिमताल हेरेर फर्किएका शेर्पाले दिङ्बोचेबाट भने। मंगलबार रातिसम्म कोही सरकारी अधिकारी इम्जा क्षेत्र पुगेका छैनन्।

इम्जा हिमताल एक सय ३० हेक्टर क्षेत्रफलमा फैलिएको छ। यसको ल बाइ दुई किलोमिटर, चौडाइ ६ सय ५० मिटर र गहिराइ ४२ मिटर छ। हिउँ पग्लिएर बनेको यो ताल हरेक वर्ष ३५ मिटरका दरले बढिरहेको विभिन्न अध्ययनले देखाएको छ।

हिमतालबारे अध्ययन गरिरहेका विज्ञहरूले मंगलबार दिनभर छलफल गर्दा पनि फुटेको पोखरी पत्ता लगाउन सकेनन्। यसअघि कहिल्यै जानकारीमै नभएको यो पोखरीबारे कतै जानकारी छैन।

No comments:

| Copyright © 2013 super khabar