काठमाडाैं, जेठ १३ - काठमाडाैं उपत्यका सहित पूर्व, मध्य र पश्चिमी पहाडी क्षेत्रमा आजपनि बेलुकीपख मेघगर्जन, हावाहुरी र चट्याङसँगै पानी पर्ने संभावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् शान्ति कँडेलका अनुसार अझै केहिदिन दिउँसो ३ बजेपछि विस्तारै मौसम बदली हुँदै जानेछ र बेलुकीपख मेघगर्जन, हावाहुरी र चट्याङसँगै पानी पर्नेछ ।
उहाँका अनुसार स्थानिय वायुलाई अरव सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुले साथ दिएपछि मौसम बदली भएको हो । यो प्रिमनसुनको प्रक्रिया भएकाले नआत्तिन तर सतर्क भने हुन उहाँले आग्रह गर्नुभयो । मौसमविद् कँडेलका अनुसार पश्चिम तराईमा पनि तातो हावा लु चल्नेछ ।
विशेषगरी पश्चिम तराईको तापक्रम अझै बढ्ने देखिएकाले सावधानी अपनाउन उहाँले आग्रह गर्नुभयो । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार पूुर्व, मध्य र पश्चिमी पहाडी क्षेत्रमा अझै केहिदिन मेघगर्जनसहित पानी पर्ने संभावना छ । पश्चिमका तराईमा भने गर्मी अझै बढ्ने संभावना छ ।
आजको उज्यालो अनलाईनमा खबर छ ।
No comments: