​रोनाल्डोलाई पछि पार्दै मेस्सी बने उत्कृष्ट

जेठ १३ – रोनाल्डोलाई पछि पार्दै बार्सिलोनाका स्ट्राइकर लियोनन मेस्सी स्पेनिस फुटबल प्रतियोगिता लालिगाको उत्कृष्ट खेलाडी बनेका छन् । मंंगलबार राती भएको घोषणामा मेस्सीले ५५ प्रतिशत भन्दा बढि मत पाएका थिए भने रोनाल्डोले ३५ प्रतिशत मात्र मत प्राप्त गरेका थिए ।

लालिगाको उपाधी जितेको बार्सिलोनाका लागि उत्कृष्ट प्रदर्शन गरेका मेस्सीले यो सिमा ४३ गोल गरेका छन् । मेस्सीले बार्सालाई च्याम्पियन्स लिगको फाइनलमा पुर्य‍‍ाउन समेत मेस्सीको उत्कृष्ट योगदान रहेको थियो ।
यस सिजनमा रोनाल्डो ४८ गोल गर्दै मेस्सीभन्दा अघि रहेका छन् ।

च्याम्पियन्स लिगमा भने मेस्सी र रोनाल्डोले समान ७७ गोल गरेका छन् । रियलकै जेम्स रोड्रिगेजले भने ५ दशमलब ८९ र एथ्लेटिको म्याड्रिडका एन्टोनी ग्रिजमेनले १ दशमलब ७९ प्रतिशत मत प्राप्त गरे ।

No comments:

| Copyright © 2013 super khabar